हाम्रो बारेमा

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा सञ्चालित आयोजना हो । यस आयोजनाको सञ्चालन अवधि सन् २०१३ देखि २०२१ नोभेम्वरसम्म रहेको छ । आयोजनाका प्रमुख उद्देश्यहरु नेपाल र भारतबीचको यातायात र पारवहनमार्गको आधुनिकीकरण गर्ने, व्यापारसँग सम्बन्धित संस्थागत क्षमता सुदृढ गर्ने तथा व्यापारसँग सम्बन्धित खास पूर्वाधारहरुको सुदृढ गरी नेपाल र भारतबीचको व्यापार सहजीकरण गर्ने र व्यापारमा लाग्ने लागत तथा समयमा न्युनिकरण गर्ने रहेको छ । आयोजनाका कार्यान्वयनको लागि यातायात व्यवस्था विभाग, भन्सार विभाग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल इन्टरमोडल यातायात विकास समिति र केन्द्रीय कृषि प्रयोगशाला गरी पाँचवटा निकायहरु आयोजना कार्यान्वयन एकाइको रुपमा रहेका छन् । भन्सार विभाग मार्फत राष्ट्रिय एकद्वार प्रणालीको विकास, यातायात व्यवस्था विभाग मार्फत सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली र GPS Vehicle Tracking System विकास, इन्टरमोडल यातायात विकास समिति मार्फत काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहको निर्माण, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रबाट नेपाल व्यापार सूचना पोर्टलको विकास र केन्द्रीय कृषि प्रयोगशाला मार्फत SPS ल्याब भवन निर्माण तथा सञ्चालन लगायतका मुख्य कार्यक्रमहरु यस आयोजना मार्फत सञ्चालन भइरहेको छ ।


रणनीतिक सडक सञ्‍जाल तथा व्यापार सुधार आयोजना

  • भद्रकाली प्लाजा, काठमाडौँ

  • (+९७७) - ०१-४२४८२६९

  • NIRTTP@MOICS.GOV.NP

  • नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (NIRTTP)

Designed & Develope by : Appharu

डाउनलोड नेपाली युनिकोड

© 2024 Government of Nepal Ministry of Industry, Commerce and Supplies Nepal-India Regional Trade and Transport Project सर्वाधिकार (NIRTTP)मा सुरक्षित